दफा २५८
संयुक्त सम्पत्ति मानिने

(१) एकासगोलका अंशियारहरू बाहेक दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रहेको वा त्यसबाट बढे बढाएको सम्पत्ति संयुक्त सम्पत्ति मानिनेछ ।
(२) संयुक्त सम्पत्तिमा कुनै व्यक्तिको हक वा हिस्सा खुलाई लिखत भएकोमा सोही बमोजिम र लिखतमा कुनै उल्लेख नभएकोमा त्यस्तो सम्पत्ति रहने व्यक्तिहरूको समान हक र हिस्सा रहेको मानिनेछ ।
(३) संयुक्त सम्पत्तिको उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस परिच्छेद तथा यस संहिताको अन्य परिच्छेद बमोजिम हुनेछ।